【कोरोनाको खोप लगाउनको लागि बुकिङ्ग र जुलाई महिनाबाट Zoom मार्फत अनलाइन परामर्श संचालन】

जून महिनाको जापानिज भाषाको पुरानो नाम "मिनाजुकी" हो। जसको अर्थ "पानीको महिना" भन्ने हो। "खेतमा पानी लगाउने महिना" भन्ने अर्थबाट यो शब्दको उत्पत्ति भयो भन्ने भनाई पनि छ।
"मिनाजुकी" अर्थात् वर्षयामको यस मौसममा ६५ वर्ष अथवा सो भन्दा माथिका वृद्धहरुलाई कोरोनाको खोप लगाउने काम अथवा खोप लगाउनको लागि बुकिङ्ग शुरु भएको छ। उमेर र स्वास्थ्य स्थितिको आधारमा तपाईको खोप लगाउने पालो छिटो अथवा ढिलो हुन सक्छ। तर खोप लगाउने पालो सम्बन्धि पत्र तपाईहरुलाई पनि अवश्य पठाइने छ। त्यसैले आ-आफ्नो स्वास्थ्यको ख्याल गर्नुको साथै कोरोनाको महामारीबाट बच्न आवश्यक सावधानीहरु अपनाएर खोप लगाउने पालोको प्रतीक्षा गर्नुहोस्।

कोरोनाको खोप सम्बन्धि जानकारीको लागि तल दिइएको खावासाकी शहरको "कोरोना खोपको बारेमा सूचना" भन्ने वेब साइट हेर्नुहोस्।
https://www.city.kawasaki.jp/350/page/0000126099.html?furigana=on

अंग्रेजी, चाइनिज, कोरियन, पोर्तुगाली, स्पेनिश भाषामा फोनबाट खोप लगाउनको लागि बुकिङ्ग गर्न सक्नु हुन्छ।
फोन नं.:0120-654-478 बिहान ८:३० देखि साँझ ६:०० सम्म (प्रत्येक दिन)

साथै, खावासाकी अन्तर्राष्ट्रिय केन्द्रको विदेशीहरुको लागि परामर्श सेवाको काउन्टर "वान स्टप सेन्टर" मा सम्पर्क गरेर पनि जानकारी हासिल गर्न सक्नुहुन्छ।
https://www.kian.or.jp/kic/soudan.shtml

≪सूचना≫
जुलाई १ तारिख देखि खावासाकी अन्तर्राष्ट्रिय केन्द्रको विदेशीहरुको लागि परामर्श सेवाको काउन्टर "वान स्टप सेन्टर" मा जूम (Zoom) अनलाइन परामर्श सेवा शुरु हुदैछ। अर्को अंकमा यस सम्बन्धि विस्तृत रुपमा जानकारी प्रकाशन गर्ने छौं।