[साचुकी]

जापानमा "वारेकी (जापानको पात्रो)" भन्ने ७ औं शताब्दी तिर बाट प्रयोग गर्न थालेको पात्रो छ। जस अनुसार हरेक महिनाको बेग्लाबेग्लै नाम रखिएको छ। मे महिनालाई जापानको पात्रो अनुसार "साचुकी" भनिन्छ। परापुर्व कालमा जापानमा धानको खेती गर्न गरिने रोपाइँ धेरैनै लोकप्रिय भएको समयमा मे महिना भनेको धान रोपाइँको महिना भएकोले "धानको बिउ काढेर रोप्ने महिना (खेतमा धानको रोपाइँ गर्ने महिना)" भनिन्थ्यो। जसलाई जापनिजमा "सानाए चुकी" भनिन्थ्यो। जुन पछि छोटो भएर "साचुकी" भएको हो भन्ने भनाई छ।

अंग्रेजीमा "अजेलिया" भनिने फुललाई जापानिज भाषामा "साचुकी चुचुजी" भनिन्छ।यो फुल मे महिना (साचुकी) मा फुल्ने भएकोले "चुचुजी" लाई संक्षिप्तमा "साचुकी" भनिन्छ।

वसन्त ऋतुको अन्त्य देखि गर्मी मौसमको शुरु सम्म सडकको कुनाकाप्चाहरु रातो, सेतो र गुलाबी रंगको सुन्दर "साचुकी" को फूलहरुले गर्दा रंगीचंगी देखिएको हुन्छ। जसलाई हेरेर तपाइँ हामीहरुको मनपनि प्रफुलित भई बाटोमा हिड्नाले मात्र पनि आनन्द महसुस हुन्छ है!