[ आपतकालिन अवस्थाको समय थप साथै वसन्त ऋतुको आगमन ]

कोरोना भाइरस बाट संक्रमित व्यक्ति र गम्भीर अवस्थाको बिरामीको संख्या अझै धेरै भएको कारणले जनवरी 7 तारिखमा जापान सरकारले जारी गरेको आपतकालिन अवस्थाको समय मार्च 7 तारिख सम्म थप गरिएको छ। विभिन्न पक्षबाट दैनिक जीवनमा प्रतिबन्ध र बोझ थपेकोले जीवनयापन गर्न गाह्रो भइरहेको होला। साथै विदेशीहरु आफ्नो देशमा भएको परिवारको बारेमा पनि चिन्तित भैरहेको कुरा हामी राम्ररी बुझ्छौं।
एक्लोपन महसुस गर्दै गर्मी र जाडो महिना बिताउन गाह्रो भएको होला। तर, लम्बिदै गइरहेको दिन, वसन्त ऋतुको आगमनको संकेत दिने आरुको फूलहरु आदिबाट वसन्त ऋतुको आगमनलाई महसुस गर्नाले थोरै भएपनि तपाइँहरुको मनलाई आराम मिलेको छ होला भन्ने आशा गर्दछु।

हामी तपाइँहरुको र्राष्ट्रिय भाषामा परामर्श सेवा दिदै आइरहेका छौं। कृपया खावासाकी अन्तर्राष्ट्रिय केन्द्रको वान स्टप विदेशी परामर्श काउन्टरमा फोन गर्नुहोस्।
फोन नम्बर 044-455-8811 सजिलो जापानिज भाषा सहित ११ वटा भाषाहरुका सल्लाहकारहरू तपाइँहरुको सेवाको लागि तत्पर हुनुहुन्छ।