फेरि आपतकालिन अवस्था जारी गरेको छ।

नयाँ वर्षको शुरु मै जापानमा जनवरी ७ तारिखमा फेरि आपतकालीन अवस्था जारी गरेको छ।
उत्तरी गोलार्द्धका देशहरु जाडोको चिसोमा सक्रिय भएको कोरोना भाइरसको संक्रमणले गर्दा दयनीय अवस्थाको सामना गर्दैछ भने अर्को तर्फ अमेरिका र युरोपमा खोपको आविष्कार गरि लगाउन शुरु गरेको छ। जापानमा पनि वसन्त ऋतु देखि खोप लगाउन शुरु हुने कुरा छ। विश्वभरिक देशहरुमा कोरोना भाइरसको संक्रमणको बारेमा अनुसन्धान भई रहेको छ। तर मास्कको प्रयोगको बारेमा पहिले प्रमाणित भएको भन्दा पनि बढी प्रभावकारी भएको कुरा अनुसन्धानको रिपोर्टबाट पुष्टि भएको छ। यसलाई अर्को तरिका बाट भन्ने हो भने खाना खाँदा, चुरोट पिउँने, नुहाउने र जिममा व्यायाम गर्ने जस्ता कुराहरु गर्दा मास्क नलगाई कुरा गर्ने भएकोले भाइरस बाट संक्रमण भएको केसहरु धेरै छ। संक्रमण पहिलो लहरको बेलामा भन्दा युवा पुस्ताको संक्रमण बढ्नुको साथै स्वास्थ्य अवस्था गम्भीर भएको बिरामीहरुको संख्यामा पनि वृद्घि भएको छ। त्यसैले सबै जना आ-आफ्नो स्वास्थ्यको बारेमा सावधान रहि दैनिक जीवन बिताउनु होस्।

खावासाकी शहरको विदेशीहरुमा केन्द्रित जानकारी साइट: https://www.city.kawasaki.jp/en/index.html
अध्यागमन तथा प्रवास व्यवस्थापन विभाग कोरोना भाइरस संक्रामक सम्बन्धित जानकारी:
http://www.moj.go.jp/isa/support/portal/information_covid19.html