【रेइव तेश्रौ वर्ष (सन् २०२१ साल) को शुभकामना】

नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना !!! यस वर्ष पनि तपाईहरुले हामीलाई साथ दिनुहुनेछ भन्ने आशा गर्दछौं।
नयाँ वर्षको पहिलो दिनलाई जापानिज भाषामा "गान्तान" भनिन्छ। नयाँ वर्ष मनाउन गर्ने पुजापाठ, खानपिन जस्ता धेरै रीतिथितिहरु छन्।
नयाँ वर्षको सूर्योदयलाई "पहिलो सूर्योदय" भनिन्छ। धेरै मानिसहरुले पहाड अथवा समुद्री किनारबाट पहिलो सूर्योदयलाई हेरेर प्राथना गर्ने गर्छन्।
नयाँ वर्षको भगवानलाई स्वागत गर्न वर्षको अन्त्यमा सफा गर्ने गर्छन् र वर्षको शुरुमा विशेष किसिमको बस्तुले घर सजाउने गर्छन्।जस्तै बाँस र सल्लाको हांगा प्रयोग गरेर बनाएको "खाडोमाचु" ले मुलढोकाको दायाँबायाँ सजाउने गर्छ। साथै पराल बाट बनेको पवित्र डोरीको भगवानको तखता (खामिदाना) तथा घरको मुलढोकाको सुरक्षा गर्ने मोटो परालको डोरी (शिमेनावा) र नयाँ वर्षको भगवान (तोशिगामी सामा) लाई चढाउने गोलो मोची चाङ्ग लगाएर बनाएको "खागामी मोची" ले घर सजाउने गर्छ।
नयाँ वर्षमा हर्षित र उत्सवको अर्थ लुकेको परम्परागत खाना "ओसेची" लाई काठको भाँडामा सजाएर राखने गर्छ र त्यो खानालाई शुरुको ३ दिन सम्म खाने गर्छ। सधै खाना पकाएर खुवाउदै व्यस्त रहने व्यक्तिलाई पनि नयाँ वर्षमा केहि दिन आराम मिलोस् भन्ने अर्थले यसरी ३ दिन सम्म "ओसेची" खाने गरिन्छ भन्ने भनाई छ। साथै नयाँ वर्षको दिनमा पुग्ने गरि नयाँ वर्षको शुभकामना पत्र "नेन्गाज्यो" पठाउने चलन पनि छ।
आधुनिकीकरणका कारण ठाउँ अथवा व्यक्ति अनुसार नयाँ वर्षलाई साधारण रुपमा मनाउनेहरु पनि छन् भने महोत्सवको रुपमा मनाउनेहरु पनि छन्। जे-जसो भएपनि १५०० वर्ष भन्दा अगाडि देखि परम्परागत रुपमा मनाउदै आइरहेको नयाँ वर्ष अहिले पनि निरन्तर रुपमा मनाउदै आइरहेका छन्।

खावासाकी अन्तर्राष्ट्रिय केन्द्रको दोस्रो तल्लामा रहेको पुस्तकालयमा पनि नयाँ वर्ष सम्बन्धि पुस्तकहरु राखिएको छ। यदि तपाइँ अझ विस्तृत रुपमा जापानको नयाँ वर्षको बारेमा जान्न इच्छुक हुनुहुन्छ भने कृपया पुस्तकालय भएको किताब पढेर हेर्नु होस्।
https://www.kian.or.jp/len/kic/003.shtml