【वर्षको अन्त्य तथा नयाँ वर्ष】

जापानमा वर्षको अन्त्य र नयाँ वर्षलाई महत्त्वपूर्ण अवधि (फुशिमे) भन्ने गारिन्छ। "फुशिमे" को अर्थ कामकुराहरु सक्याउने महत्त्वपूर्ण समय हो। विभिन्न कामकुरा तथा उतार चढावमा बितेको एक वर्षलाई विदाई गरेर खुसी साथ नयाँ वर्षलाई स्वागत गर्नुको साथ-साथै यो वर्ष राम्रो वर्ष होस् भनि प्रार्थना गर्ने गरिन्छ।
नयाँ वर्षको शुरुको ३ दिन (जनवरी १, २ र ३ तारिख) लाई सामान्यतया नयाँ वर्ष भनिन्छ, तर डिसेम्बर २९ तारिख देखि जनवरी ३ तारिख सम्म धेरै जसो अस्पताल र स्वास्थ्य संस्थाहरु बन्द हुने हुनाले बिदा शुरु हुन भन्दा अगाडि नै आफु बस्ने ठाउँ वरिपरिको कुनकुन अस्पताल र स्वास्थ्य संस्थाहरु वर्षको अन्त्य तथा नयाँ वर्षमा खुल्ला हुने अथवा बन्द हुने थाहा पाई राख्दा राम्रो हुन्छ।
खावासाकी शहरको बहु भाषिक स्वास्थ्य सम्बन्धित जानकारीको लिंक र स्वास्थ्य तथा कल्याण विभागको टेलिफोन नम्बर तल दिइएको छ।
・स्वास्थ्य सम्बन्धित जानकारी
https://www.city.kawasaki.jp/350/page/0000122139.html
・अस्पताल・स्वास्थ्य संस्थाहरुको सम्बन्धित जानकारी
https://www.city.kawasaki.jp/350/page/0000040119.html
https://www.city.kawasaki.jp/shisetsu/category/34-9-0-0-0-0-0-0-0-0.html
・स्वास्थ्य तथा कल्याण विभाग स्वास्थ्य बीमा चिकित्सा सम्बन्धित कार्यालय: Tel 044-200-3742

सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको हाम्रो स्वस्थ हो।
नयाँ वर्ष २०२१ सालको उपलक्ष्यमा सु:ख, शान्ति, सु-स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं !!!