प्राकृतिक प्रकोपलाई ध्यानमा राखि बहुभाषी सहयोग केन्द्र स्थापनाको तालिममा सहभागीताको सूचना

यही आउदो २०२०/ ११ / २९ (आइतबार) को दिन बिहान ९:३० देखि खावासाकी अन्तर्राष्ट्रिय केन्द्रमा "प्राकृतिक प्रकोपको समयलाई ध्यानमा राखि बहुभाषी सहयोग केन्द्र" स्थापनाना गर्ने तालिममा संचालन हुदैँ छ। "प्राकृतिक प्रकोपको समयलाई ध्यानमा राखि बहुभाषी सहयोग केन्द्र" भनेको ठूलो भूकम्प, आँधी जस्ता प्राकृतिक प्रकोप आएको बेलामा विदेशी बासिन्दाहरूलाई सहयोग गर्ने उद्देश्यले विभिन्न भाषामा आवश्यक जानकारी दिने केन्द्र हो। यस तालिममा सहभागी हुने विदेशीहरूको खोजी रहेका छौं। यदि तपाईं भाग लिन चाहानुहुन्छ भने कृपया केन्द्रमा सम्पर्क गर्नुहोस् (फोन नं. 044-435-7000) । तपाईंहरुको बच्चाहरूले पनि सँगै भाग लिन मिल्छ। सहभागीहरुलाई सानो उपहारको रुपमा केहि खानाकुराहरुको व्यवस्था पनि गरिएको छ। प्राकृतिक प्रकोपहरू धेरै आउने जापानमा धेरै अगाडि देखि "पहिलेनै तयारी गरेर राखेमा चिन्तित हुन नपर्ने (नियमित रूपमा तयारी राखेमा आपतकालिन अवस्थामा चिन्ता लिन नपर्ने" भन्ने अग्रिम तयारीको महत्त्वमाथि जोड दिदै आइरहेको पाइन्छ। हामी अहिले प्राकृतिक प्रकोप आइपर्ने सम्भावना धेरै भएको देशमा बसोबास गर्दै आइरहेको कुरालाई नबिर्सिकन सँगै अग्रिम तयारी गरेर "मानसिक रुपमा पनि शान्ति" प्राप्त गरौं!