【विदेशीहरुको लागि रोजगार सम्बन्धित सेमिनार संचालनको बारे】

यो जापानमा रोजगार गर्ने बारे सोचिरहनु भएका अन्तर्राष्ट्रिय विद्यार्थी लगायतका विदेशीहरुका लागि रोजगार खोज्न सहयोग पुर्याउने हेतुले संचालन गर्दै आइरहेको रोजगार खोज्दा ध्यान राख्नु पर्ने कुराहरुको बारेमा जानकारी दिने सेमिनार हो।
तपाईंहरुको सक्रिय सहभागिताको लागि विनम्र अनुरोध गर्दछौं।

मिति र समय: २०२०/ ११ / २८ (शनिबार) बिहान १० बजे देखि १२ बजे सम्म (नि:शुल्क तर अग्रिम बुकिङ्ग गर्नु पर्ने)
स्थान: खावासाकी अन्तर्राष्ट्रिय केन्द्र दोस्रो तल्ला "दान्खाचु खाचुदोउ रुम (समूहको कार्यक्रम कोठा)"
विषय वस्तु: रोजगार सम्बन्धि आधारभूत ज्ञान, रोजगार खोज्ने तरिका, रोजगार खोज्दा ध्यान राख्नु पर्ने कुराहरु, रोजगार अन्तर्वार्ताको अभ्यास, रोजगार खोज्ने बारेमा प्रश्नोत्तर
लक्षित व्यक्तिहरु: विश्वविद्यालय, दुइ वर्षिय कलेज, प्राविधिक विद्यालय, उच्च माध्यमिक विद्यालय आदिका विद्यार्थीहरु (साथै यी तहहरु पास गरिसकेका विद्यार्थीहरु)
प्रशिक्षक: श्री होउ तेइखा ज्यू (युकेन शिक्षा प्रतिष्ठानका निर्देशक)
सहभागीता शुल्क: नि:शुल्क सहभागीहरुको संख्या: २० जना (पहिला आवेदन दिनेलाई प्राथमिकता दिइने)
आवेदन दिने अन्तिम मिति: २०२०/ ११/ १८ (बुधबार)
आवेदन दिने तरिका: फोन अथवा ईमेल मार्फत (फोन नं.: 044-435-7000 ईमेल: soudan39@kian.or.jp)
आयोजक र आवेदन तथा सम्पर्क: खावासाकी अन्तर्राष्ट्रिय केन्द्र (खावासाकी अन्तर्राष्ट्रिय संघ)