[ओहिगान्]

जापानमा पहिले देखिनै “गर्मी र जाडो दुवै हिगान् सम्म” भन्ने भनाई रहेको र शरद ऋतुको “ओहिगान्” सम्म गर्मी महिनाको गर्मी हटेर शीतल हुँदै जान्छ। कीराफट्यांग्राहरुको आवाज पनि सुनिने र स्पष्ट रूपमा चन्द्रमा देखिने पनि यही समय हो। “ओहिगान्” बसन्त र शरद ऋतुको तोकिएको समयलाई भनिने गर्छ। मार्च महिनाको बसन्त ऋतुको दिन र सेप्टेम्बर महिनाको शरद ऋतुको दिनको अगाडि र पछाडिको ३ दिन (जम्मा ७ दिन) लाई “ओहिगान्” को अवधि भनिने गर्छ।
“ओहिगान्” भनेको प्रकृति र पूर्वजहरूलाई सम्झेर धन्यवाद व्यक्त गर्ने बौद्ध धर्मको परम्परागत कार्य भएको र जापानमा “ओहिगान्” को अवधिमा आफ्नो पुर्वजहरुको चिहानमा गई प्राथना गर्ने चलन छ।“ओहिगान्” को अवधि पर्खेर बसेको जस्तो भानगराई यो अवधिमा फुल्ने फूललाई “ओहिगान् फूल” भनिन्छ।
मनलाई लोभ्याउने रातो फूल ढकमक्क फुल्ने भएकोले खोजेर हेर्नु होस्।
“ओहिगान् फूल”को लिङ्क:https://ja.wikipedia.org/wiki/%E3%83%92%E3%82%AC%E3%83%B3%E3%83%90%E3%83%8A