[विदेशी भाषाको परामर्श सेवा “वन स्टप सेन्टर” को प्रयोग वडा कार्यालय बाट पनि गर्न सक्नुह

के तपाईंहरुलाई थाहा छ ? खावासाकी शहरको हरेक वडा कार्यालयमा खावासाकी अन्तर्राष्ट्रिय केन्द्रको विदेशीहरुको लागि लक्षित गरि संचालन गर्दै आइरहेको विदेशी भाषाको परामर्श सेवा “वन स्टप सेन्टर” मा प्रत्यक्ष सम्पर्क गरि भिडियो फोन गर्न मिल्ने ट्याब्लेट राखिएको छ। ११ वटा भाषाहरुमा वडा कार्यालय सँग सम्बन्धित प्रकियाहरुको भाषिक अनुवाद बाहेक पनि अन्य दैनिक जीवन सँग सम्बन्धित कुराहरुको परामर्श लिन सक्नु हुनेछ।

अंग्रेजी र चाइनिज भाषाको परामर्श सेवा सोमबार देखि शनिबारको बिहान १०:०० देखि दिउँसो ४:०० सम्म (दिउँसो १२:०० बाट १:०० बाहेक) उपलब्ध छ। त्यस बाहेकको भाषाहरुको परामर्श सेवा उपलब्ध हुने बारको बारेमा जान्नको लागि केन्द्रको वेबसाइट हेर्नु होस्। सल्लाहकार नभएको दिनमा पनि परामर्शको लागि केन्द्रको काउन्टरमा आउनु भएमा भाषिक अनुवादको उपकरण प्रयोग गरेर परामर्श दिइनेछ। कृपया नहिचकिचाइकन केन्द्रको परामर्श सेवाको प्रयोग गर्नु होस्। तपाईंको व्यक्तिगत विवरण तथा तपाईं सँग गरिएको कुराहरु गोप्य राखिने छ।

https://www.kian.or.jp/kic/soudan.shtml
परामर्श सेवाको प्रत्यक्ष सम्पर्क नं. 044-455-8811
खावासाकी अन्तर्राष्ट्रिय केन्द्र