[ कूल बिज ]

वर्षायाम पनि सकेर एकैचोटि गर्मी शुरु भई चर्को घाम लाग्न ठालेको छ। गएको केहि वर्ष देखि जापानमा मे १ तारिख बाट सेप्टेम्बर ३० तारिख सम्मलाई कूल बिज (Cool Biz) को अवधि भनेर अहिलेको बढ्दै गएको तापक्रमलाई ध्यानमा राखि टाई र कोट नलगाएपनि हुने भएको छ। यस वर्षको गर्मीयाममा मास्क पनि नलगाई नहुने भएकोले हीटस्ट्रोक (गर्मीले गर्दा शरीरमा पानीको मात्रा कम भई अस्वस्थ हुने, बेहोस हुने आदि) को बारेमा विशेष ध्यान दिन आवश्य छ।