कोरोना भाइरसको कारण लोकप्रिय भएको "दान्स्यारी (अलग -अलग)"

यो वर्ष कोरोना भाइरसको कारणले घुम्न जान, घरबाट बाहिर जान नहुने भएकोले घरको सर-सफाई गर्ने राम्रो मौका पनि हुन सक्छ। अहिले जापानमा "दान्स्यारी (अलग -अलग)" भन्ने शब्द लोकप्रिय भएको छ। "दान्" को अर्थ छोड्नु हो।अनावश्यक वस्तुहरु छानेर प्रयोग गर्न छोड्नु भन्ने अर्थ जनाउछ। त्यसपछिको काम "स्या" हो। "स्या" भन्नाले फ्याँक्नु हो। अनावश्यक वस्तुहरु छुट्टयार फ्याँक्नु हो। अन्तिममा "री" भनेको छुट्टिनु हो। "दान् (छोड्ने)" र "स्या (फ्याँक्ने)" काम गरि सकेपछि, त्यो अनावश्यक भनेर निर्णय गरि फ्याँकेको वस्तुको बारेमा सोच्न छोड्नाले दिमागलाई व्यवस्थित गर्ने काम पनि एकै साथ गर्न सकिने भन्ने कुरा हो। तपाइँहरुपे पनि एक पटक कोशिश गरेर हेर्दा कसो होला।
खावासाकी अन्तर्राष्ट्रिय केन्द्र अझै बन्द छ। तर ईमेल अथवा फोन बाट विदेशीहरुलाई परामर्श दिने काम निरन्तर रुपमा भइरहेको छ। विदेशीहरुको लागि परामर्श सेवाको प्रत्यक्ष फोन नं.: 044-455-8811 इ-मेल: soudan39@kian.or.jp