कोरोना भाइरसको रोग सम्बन्धि बहुभाषिक परामर्श सेवा उपलब्ध हुने केन्द्रको बारे जानकारी

“AMDA कोकुसाई इर्यो ज्योहोउ सेन्टर (एमडीए अन्तर्राष्ट्रिय चिकित्सा तथा स्वास्थ्य सूचना केन्द्र)” ले नियमित रुपमा फोन बाट चिकित्सा तथा स्वास्थ्य सम्बन्धित भाषिक अनुवाद सेवाहरू प्रदान गर्दै आइरहेको छ। साथ-साथै जापानमा घुम्न आउनु भएका विदेशीहरू तथा जापानमा बस्ने विदेशीहरुलाई जापानको चिकित्सा तथा स्वास्थ्य सम्बन्धित जानकारीहरु प्रदान गर्दै आइरहेको छ। तर अहिले जापानको चिकित्सक संगठनको सहयोगमा कोरोना भाइरसको रोग सम्बन्धि पनि परामर्श सेवा उपलब्ध गर्ने भएको छ।

उद्देश्य

  • जापानमा बस्ने / धुम्न आउनु भएका विदेशीहरुको कोरोना भाइरस संक्रमणको बारेको चिन्ता / परामर्शलाई ध्यानमा राखी उचित जानकारी प्रदान गर्ने
  • जापानको कोरोना भाइरस जाचँने प्रणाली, स्थानीय परामर्श केन्द्रको जानकारी दिने जस्ता कुराहरु बाट अनावश्यक स्वास्थ्य जाचँको लागि परामर्श लिन सम्पर्क गर्ने व्यक्तिको चिन्ता कम गर्न सहयोग गर्ने
अवधि:
२०२० साल अप्रिल १० तारिख (शुक्रबार) देखि मे २०तारिख (बुधबार)
वेब साइट:
https://www.amdamedicalcenter.com/news
फोन नं.:
03-6233-9266
भाषा:
अंग्रेजी (हरेक दिन), कोरियन (सोमबार), तागालोग (सोमबार), थाई (मंगलबार), चाइनिज (मंगलबार र बिहीबार), स्पेनिश (बुधबार), भियतनामी (हरेक महिनाको दोस्रो र चौथो बुधबार) र पोर्तुगाली (शुक्रबार)
समय:
बिहान १० बजे देखि साँझ ५ बजे सम्म
शनिबार, आइतबार र अन्य छुट्टिका दिनहरूमा बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म
फोन नं.:
090-3359-8324
भाषा:
अंग्रेजी र चाइनिज
समय:
बिहान १० बजे देखि साँझ ५ बजे सम्म