महिनाहरुको जापानिज नाम

जापानमा जनवरी देखि डिसेम्बर सम्मको महिनाहरुको आफ्नै जापानिज नाम दिइएको छ। उदाहरणका लागि, अक्टोबरलाई “खान्नाजुकी (देवता नहुने महिना)” भनिन्छ। यो इज़ुमो देश: अहिलेको शिमाने प्रान्तको “इज़ुमो ताइस्या” भन्ने मन्दिरमा त्यस वर्षको घटनाहरुको बारेमा छलफल गर्न जापान भरिका देवताहरू भेला हुने हुनाले इजुमो देश बाहेक अर्को ठाउँमा देवताहरु हराउने महिना भनिन्छ। अर्कोतर्फ, यस महिनालाई इजुमोमा “खामीआरीचुकी (देवता हुने महिना)” पनि भनिन्छ।