क्षयरोग फैलिराखेको छ

बिरामीको खोकी अथवा हच्छ्यु आउदा निस्किने थूकमा भएको ब्याक्टेरियाबाट क्षयरोग सर्ने गर्छ। सुरुमा साधारण रुघाखोकी लागेको जस्तो हुने र बिस्तारै खोकी बढेर निरन्तर खोकि लागि रहने यसको प्रमुख लक्षण हो। रिपोर्ट अनुसार गत वर्ष क्षयरोग लागेको विदेशीहरूको संख्या हाल सम्मको संख्याको अनुपातमा सबैभन्दा बढी थियो। अहिले क्षयरोगको राम्रो औषधिहरू पाइने भएकोले लामो समयसम्म खोकी लागिरहेमा चाँडै अस्पताल गएर जाँच गराउनु होस्।